सनराइजको ‘गज्जबको मुद्दती खाता’

Read Time = 1 min

काठमाडौं । सनराइज बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै १५ गुणासम्मको प्रतिफल दिने ‘गज्जबको मुद्दती खाता’ ल्याएको छ । उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको पाँचदेखि १५ गुणासम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

१४ वर्ष आठ महिनामा मुद्दती रकम पाँच गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष सात महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ ।

योजनामा सहभागी हुन न्यूनतम २५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । उक्त योजनाको अवधिमा रकम आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जासमेत लिन सकिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?