संगीतकार रोशनलाई ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’को अवार्ड

Read Time = 5 mins

काठमाडौं । संगीतकार रोशन वान्तवा राईले ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा संगीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिनुभएको थियो ।

पत्रकारले सोधेको प्रश्नमा उहाँले अनलाइन प्रक्रियामार्फत आफू सो अवार्डको प्रक्रियामा सामेल भएको र प्राप्त गर्न सफल भएको बताउनुभएको थियो । उहाँले यस अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दाबी गर्नुभयो ।

यसरी अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै अतिथिहरूले उहाँलाई बधाई तथा शुभकामना दिएका थिए । वरिष्ठ कलाकार उत्तम केसीले रोशनले आफ्नोसँगै देशकै नाम रोशन गरेको बताउँदै उहाँले गीत संगीतमार्फत गरेका कार्यको प्रशंसा गर्नुभयो । ‘एउटा नेपाली सर्जकले अन्तर्राष्ट्रियस्तरमा आफ्ना सिर्जनामार्फत देशकै गौरव बढाउनु हामी सबैका लागि विशेष गौरवको कुरा हो, यस्ता कार्यले उहाँको मात्र नभएर देशकै मान सम्मान बढाउने गर्दछ’, उहाँले भन्नुभयो ।

यस्तै, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गीत संगीतमार्फत कुनै एक नेपालीले अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त गर्नुभनेको सम्पूर्ण नेपाली संगीतकारलाई गौरवको विषय भएको भन्दै यसले गीत संगीतमा लाग्ने सबै स्रष्ट्राको मान सम्मान बढाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘रोशनजीका कार्यले गीतसंगीत क्षेत्रमा लाग्ने सबै स्रष्टालाई गौरवान्ति तुल्याएको छ, उहाँ यसका लागि बधाईका पात्र हुनुहुन्छ, नेपाली गीतसंगीत क्षेत्र अन्तर्राष्ट्रियस्तरमा सम्मानित हुनु आफैँमा धेरै ठूलो उपलब्धि हो ।’

‘एउटा नेपाली सर्जकले अन्तर्राष्ट्रियस्तरमा आफ्ना सिर्जनामार्फत देशकै गौरव बढाउनु हामी सबैका लागि विशेष गौरवको कुरा हो, यस्ता कार्यले उहाँको मात्र नभएर देशकै मान सम्मान बढाउने गर्दछ’

त्यसैगरी प्रमुख अतिथि विशिष्ट गायिका राणाले नेपाली गीतसंगीत अब्बल रहेको र नेपाली स्रष्टा पनि विश्वमा अन्य स्रष्टाभन्दा कम नभएको रोशनका कार्यले पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोशनजीले नेपाली गीतसंगीतको रोशन गर्ने जुन कार्य गर्नुभयो त्यो आफैंमा अति प्रशंसनीय कार्य हो, यस्ता कार्यले अन्य स्रष्टामा थप उत्साह थप्ने कार्य गर्दछ’, उहाँले अगाडि भन्नुभयो, रोशनजीका कार्यको यस अवार्डले कदर गरेको छ, यसका लागि उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।’ सञ्चारकर्मी गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा साहित्य तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पाँचथरको मिक्लाजुङ-५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् धेरैको मन जित्न सफल रोशनका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहनुभएका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।

उहाँका ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत गीत लोकप्रिय रहेका छन् । संगीत विद्यालय खोलेर गति संगीतको श्रीवृद्धिमा निरन्तर लागिरहनुभएका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?