सेयर बजारमा उच्च गिरावट

Read Time = 2 mins

काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा साताको तेस्रो दिन मंगलबार पनि दोहोरो अंकले घटेको छ । नेप्से २१.१६ अंकले घटेर १९५१. ८४ अंकमा झरेको हो । कारोबारमा आएका १३ मध्ये १२ समूहगत सूचकमध्ये फाइनान्स र हाइड्रोपावरको सेयर उच्च अंकले घटेको छ । फाइनान्स २.१२ र हाइड्रोपावर २.११ प्रतिशतले घटेको हो । व्यापार, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त र लगानी पनि दुई प्रतिशतभन्दा बढीले घटेका छन् ।

यस दिन दुई सय २७ कम्पनीका ३२ लाख नौ हजार नौ सय ८३ कित्ता सेयर एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा रकम २८ करोडले बढी हो । उन्नति सहकार्य लघुवित्तको सेयरमा भने सर्किट लागेको छ । लघुवित्तको सेयर ९२ रुपैयाँले बढेपछि सर्किट लागेको हो ।

हिमालयन एभरेष्ट संस्थापक ३.५९, एनएमबी हाइब्रिड फण्ड २.५४, सामुदायिक लघुवित्त १.९९, मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १.९६ प्रतिशतले बढेको छ भने सानिमा माई हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.३२ प्रतिशतले घटेर दुई सय ९१ रुपैयाँमा झरेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ६.०२, जोशी हाइड्रोपावर ५.५३, रुरु जलविद्युत् ४.८९ र रिभर फल्स पावर ४.५५, वीन लघुवित्त ४.५०, अपर सोलु ४.३३, मन्दाकिनी हाइड्रोपावर ४.१३, अपि पावर ४.०१ र वरुण हाइड्रोपावरको पनि ३.९६ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?