सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा उजुरी परेको छ।

मंगलबार साँझ क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी हुन्। पीडितका आफन्त निवेदन लिएरै प्रहरीकोमा पुगेका थिए ।

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी प्रहरी उच्च स्रोतको दाबी छ।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरी अधिकारी औपचारिक रूपमा बोल्न मानेनन्।

लामिछानेसँग उनको सामाजिक सञ्जालमार्फत भेट भएको जाहेरीमा उल्लेख गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।

नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा यसअघि कलाकार पल शाहलाई उजुरी परेको थियो। शाहलाई मंगलबार मात्र यौन दुर्व्यवहार कसुरमा साढे दुई वर्ष कैद सजाय सुनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?