हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

Read Time = 2 mins

काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गर्नुभएको छ । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताउनु भयो ।

काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उहाँले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पु-याउन नसकेको हो की भनेर प्रश्न गर्नुभयो। उहाँले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहँदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाँझ प्रचार गर्न नसकेको बताउनु भयो । यसकारण निरन्तर जनतामाँझमै रहन उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

उहाँले आगामी निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने पनि बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।’ काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उहाँले प्रशंसा पनि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यो निकै प्रभावकारी काम हो । थप राम्रो काम गर्दै जानु होला । तर, यस्ता काम गर्दा जिल्ला पार्टी नेतृत्वसँग समन्वय गर्नुहोस् । काठमाडौंमा जहाँ सुकै जे सुकै गरे पनि जिल्ला कमिटीसँग निरन्तर सम्पर्कमा रहनुहोला । नत्र भने परिणाम राम्रो नहुन सक्छ । हामी एकीकृत र केन्द्रीकृत नेतृत्व होस भन्ने चाहन्छौं । जिल्ला नेतृत्वले पनि मञ्चका साथीहरुलाई भिन्न र भाग खोस्न आएको जस्तो ठान्नु भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?