पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । कास्कीको पोखरा महानगरपालिका-३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेका पोखरा महानगरपालिका-३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् ।

हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?