यस्तो छ- संसारबाट डाइनसोर लोप हुनुको कारण  ?

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । ६ करोड ६० लाख वर्षअघि एउटा क्षुद्रग्रह अहिले गल्फ अब मेक्सिको भनिने स्थानमा बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप हुन पुगेको थियो।

के त्यति बेला अर्को क्षुद्रग्रह पनि खसेको थियो ? के त्यो भयानक दिनमा आकाशबाट एकभन्दा बढी ठूला पत्थरहरू पृथ्वीमा खसेका थिए ?

आन्ध्र महासागरको अर्को छेउमा त्यही समयमा खगोलीय पिण्ड बज्रिँदा बनेको जस्तो देखिने अर्को एउटा विशाल खाल्डो फेला परेपछि यी प्रश्नहरू उठेका हुन्।

यो खाल्डो मेक्सिकोको चिक्शूलूबस्थित खाल्डो जत्रो ठूलो त छैन, तर पनि यसले कुनै विनाशकारी घटना भएको सङ्केत दिन्छ। यो खाडलको व्यास ८.५ किलोमिटर भएका आधारमा त्यहाँ बज्रिएको क्षुद्रग्रह ५०० मिटर जति चौडा भएको अनुमान गर्न सकिन्छ।

यो लुकेको खण्डको पहिचान एडिन्बरास्थित हेरिअट-वाट यूनिभर्सिटीका वैज्ञानिक अइस्डेन निकोल्सनलेगरेका हुन्। उनले विगतमा पृथ्वीमा भएको जलवायु परिवर्तनलाई अझ राम्ररी बुझ्न उनले भूकम्पीय सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेका छन्।

त्यस्ता सर्वेक्षणहरू प्रायः तेल र प्राकृतिक ग्यासको खोजी गर्न ड्रिल गर्नुअघि गरिन्छ। त्यस प्रकृतिको सर्वेक्षणमा भूमिमुनि भएको चट्टान र थिगरका विभिन्न तहको अभिलेख राखिन्छ। अनि ड्रिल कैयौँ किलोमिटर तलसम्म गरिन्छ।

‘यी अध्ययनहरू पृथ्वीको अल्ट्रासाउन्ड गरे जस्तै हुन्। मैले झन्डै २० वर्ष त्यसको विश्लेषण गर्न व्यतीत गरेको छु, तर यसअघि यस्तो कहिल्यै देखेको थिइनँ, ’ उनले बीबीसी न्यूजसँग भने।

‘नेडिअर क्र्याटरको आकार क्षुद्रग्रह बज्रिँदा बनेको प्रमाण हो। यसको केही उठेको डिलले बीचमा रहेको उच्च भाग र त्यसपछि बाहिरपट्टि थुप्रिएका भग्नावशेषका तहहरूलाई घेर्छ।’

चिक्शूलूब क्र्याटर बनाउने क्षुद्रग्रह १२ किलोमिटर चौडा रहेको अनुमान गरिएको छ।

त्यसले २०० किलोमिटर चौडा खाडल बनायो। त्यस क्रममा ठूलो भूकम्प र सुनामी मात्र हैन विश्वभरि आगोको ज्वालायुक्त आँधी फैलियो।

पृथ्वीबाट धेरै धूलो उडेर आकाशमा पुग्दा पृथ्वीमा अन्धकार र कठ्याङ्ग्रिदो जाडो भएको थियो। डाइनसोरहरूले यो परिवर्तन सहन सकेनन्।

तुलना गर्दा नेडिअर क्र्याटर बन्नेगरी क्षुद्रग्रह बज्रिँदा निकै ठूलो प्रभाव परेको हुनसक्छ।

‘हाम्रा सिम्यूलेशनहरूले ४०० मिटर फराकिलो क्षुद्रग्रह ५००-८०० मिटर पानीमा ठोकिँदा यो खाडल बनेको सङ्केत गर्छन्,’ अमेरिकाको यूनिभर्सिटी अफ एरिजोनाकी डा. भेरोनिका ब्रेले बताइन्।

‘यसले एक किलोमिटर अग्लो सुनामी र ६.५ म्याग्निट्यूडको भूकम्प उत्पन्न गरेको हुनसक्छ।’ ‘त्यस बेला निष्काशित ऊर्जा सन् २०२२ को ज्यानुअरीमा टोङ्गामा सुनामी आउनेगरी ज्वालामुखी विस्फोटन हुँदाको भन्दा झन्डै १,००० गुना बढी हुन्छ।’

ती दुई पिण्ड खसेको घटनालाई सँगै राख्दा डा. निकोल्सनको टोली निकै सावधान हुनुपर्छ।

ड्रिल गरेर बनाइएको प्वालबाट निकालिएको जीवाश्मको समीक्षाका आधारमा नेडिअर र चिक्शूलूब खाडलहरू उही समयका भएको अनुमान गरिएको हो।

ती जीवाश्मको कालगणना पहिला नै गरिसकिएको थियो। तर ठोकुवा गरेर भन्नका लागिउक्त खाडलमा भएका पत्थर झिकेर अध्ययन हुनुपर्छ।

त्यसले नेडिअर प्राचीन ज्वालामुखीका कारण नभई क्षुद्रग्रह बज्रिएर बनेको खाडल हो भन्ने पुष्टि गर्न सक्छ। पृथ्वीमा आकाशबाट विशाल चट्टानहरू बज्रिएका थिए भन्ने धारणा नयाँ भने हैन।

युक्रेनमा फेला परेको बोल्टिश क्र्याटरर चिक्शूलूब क्र्याटर बन्न पुगेको घटनाको कुनै न कुनै सम्बन्ध भएको अनुमान गरिएको छ। तिनको समय पनि खासै फरक देखिँदैन।

चिक्शूलूब क्र्याटरमा भर्खरै ड्रिल गरेर गरिएको अध्ययनकोसहनेतृत्व गरेका वैज्ञानिक प्राध्यापकशन गुलिकका अनुसार नेडिअरमा पनि क्षुद्रग्रह एकैदिन बज्रिएको हुनसक्छ। अथवा मेक्सिकोमा भएको प्रलयको १० वा २० लाख वर्षअघि वा पछिनेडिअर क्षुद्रग्रह पृथ्वीमा खसेको हुनसक्छ।

गुलिक अस्टिनस्थित यूनिभर्सटी अफ टेक्सससँग आबद्ध छन्।

  • स्रोत : बीबीसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?