विश्व र अन्जु पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तरमाध्यमिक विद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा पहिलो हुनुभएको छ । विश्व छात्र र अन्जु छात्रामा पहिलो हुनुभएको छ ।

शान्ति निकुञ्ज पूर्वविद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गर्नुभयो । जनज्योति माविका अजय विक दोस्रो तथा अरनिको माविका सोनाम शेर्पा तेस्रो हुनुभयो ।

अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गर्नुभयो । पञ्चकन्या माविका सोनु घतानी दोस्रो तथा सरिता रम्तेल तेस्रो हुनुभयो । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानांग, महासचिव नरेशकुमार मल्ल, कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धर, पूर्वधावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

सो अवसरमा हालै फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोस्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित एक लाख एक हजार एक सय रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको थियो । एक वर्षमा चारवटा म्याराथन दौडेका भेट्रान धावक शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मान पत्रबाट सम्मान गरिएको थियो । दशरथ रंगशालादेखि सुरु भई दशरथ रंगशालामै आएर सकिएको दौडमा उपत्यका, रोल्पा, सुर्खेत, सुनसरी र सर्लाहीका विभिन्न ८० विद्यालयका २१३ प्रतिस्पर्धी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?