पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गर्नुभएको छ।

यादव सोमबार ओली निवास बालकोट पुगेर एमाले प्रवेश गर्नुभएको हो । उहाँसँगै सुनितादेवी यादव, धीरेन्द्र राय, राजमोहन राय र रामप्रवेश रायलाई एमाले अध्यक्ष केपी शर्माले पार्टी प्रवेश गराउनु भएको थियाे ।

२०५१ सालमा सर्लाही ४ बाट चुनाव जितेर मन्त्री बन्नुभएकाे रायले मधेस आन्दोलनपछि तत्कालीन मधेसी जनअधिकार फोरमबाट चुनाव जित्नुभएको थियो। यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा हुनुहुन्थ्यो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?