सिट बाँडफाँडका लागि बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।

आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको सिट बाँडफाँडका लागि दिनहुँजसो सत्ता गठबन्धनका शीर्ष नेता जुटे पनि हालसम्म सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहाकार गोबिन्द परियारले दिएको जानकारी अनुसार बैठक केहीबेर अघि शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटका लागि डेढ महिना अघि कार्यदल गठन गरिएको थियो।

यसअघि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन कांग्रेस नेता कृष्ण सिटौलाको अध्यक्षतामा गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?