कुमारी र एनसिसी मर्जर सम्झौता

Read Time = 1 min

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक गाभिने भएका छन् । दुई बैंकबीच सोमबार मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसिसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार दुई बैंक एक बराबर एक अनुपातमा मर्ज हुनेछन् । हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ र एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल, कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने र बैंकको नाम कुमारी बैंक रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?