बालिका बलात्कार आराेपमा एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

म्याग्दी । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?