रियलमीको नयाँ स्मार्टफोन नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेरासाथ एन्ट्री-लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिस बजेट सी-सिरिजमा रियलमी सी ३३ ल्याएको छ ।

नयाँ मोबाइल सार्वजनिक गर्दै रियलमी नेपालका हेड मुनिष गिरीले भन्नुभयो, ‘रियलमीको एन्ट्री-लेभल सी सिरिजअन्तर्गत २०१८ को सेप्टेम्बरमा लञ्च भएको रियलमी सी १ सँगै प्रयोगकर्ताको राम्रो प्रतिक्रिया पाउँदै आएको छ, जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौं । सी सिरिज साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि र डिजाइनको आदर्श फ्युजनका स्मार्टफोन उपलब्ध गराउने लक्ष्य राखेका छौं ।’

कम्पनीका अनुसार नयाँ स्मार्टफोनमा प्रिमियम राइट–एंगल बेजेल र क्यामेरा बम्पका साथ युनि-कभर ब्याक कभर पनि राखिएको छ । यसको ८.३ एमएम अल्ट्रा स्लिम बडीले प्रयोगकर्तालाई हल्का र आरामदायी पकड प्रदान गर्छ । दुई भेरियन्ट तीन प्लस ३२ जिबी र चार प्लस ६४ जिबीको मूल्य क्रमशः १६ हजार चार सय ९९ र १८ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?