राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ । ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैँको टीका लगाउन सक्ने छन् ।
राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीकाका लागि समय तोकिएको हो । यस्तै निजामती, जंगी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लोकसेवा आयोगको प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिहीबार राष्ट्रपति भवनमा प्रतिवेदन पेस गर्नुभएको हो ।

राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा आयोगको कार्यसम्पादनका आधार, प्रशासनिक तथा वित्तीय स्थिति, विज्ञापन र दरखास्त, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रम सम्बन्धी विवरण समेटिएको छ ।

आयोगबाट विगतका प्रतिवेदनमा प्रस्तुत सुझाव कार्यान्वयनको स्थिति तथा सार्वजनिक सेवामा गर्नुपर्ने सुधारलगायत विषयमा सुझावलाई समेटिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । आयोगको प्रतिवेदनमा आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगिताका विज्ञापनतर्फ लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल तीन लाख ६५ हजार ४३४ दरखास्त प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ को अवधिमा जम्मा एक हजार ३९७ वटा विज्ञापन तथा बढुवा सूचनाबाट कूल तीन हजार ७२७ पदका लागि विज्ञापन भएको कुरा प्रतिवेदनमा उल्लेख छ । उक्त विज्ञापनबाट बढुवातर्फ एक हजार २३३, आन्तरिक प्रतियोगितातर्फ २७१, खुला प्रतियोगितातर्फ एक हजार २०६ तथा महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रका समावेशी प्रतियोगितातर्फ जम्मा एक हजार १७ पदका लागि दरखास्त माग गरिएको छ । आयोगले प्रतिवेदनमा केही सुझावसमेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?