काठमाडौं । साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार (आज) राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो ।
तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निस्केको थियो । विभिन्न कठिनाइका बाबजुद टोलीको प्रदर्शनबाट आफूहरू सन्तुष्ट रहेको कप्तान सदिना श्रेष्ठले बताउनुभयो । सदिनाले माल्दिभ्सविरुद्ध अन्तिम एक मिनेटका कारण स्वर्ण पदकबाट वञ्चित हुनुपरेकोमा भने दुःख व्यक्त गर्नुभयो ।
माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५-४९ ले र भुटानलाई ६५-२६ ले हराएको थियो । सन् २०१६ मा नेपालमा भएको साबाको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो, माल्दिभ्स तेस्रो, भुटान चौथो र बंगलादेश पाँचौं बनेको थियो । यसपटक बंगलादेशको सहभागिता रहेन । यसपटक पनि माल्दिभ्स तेस्रो र भुटान चौथो भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच