युनाइटेडको झिनो जित

Read Time = 2 mins

लण्डन । मार्कुस रासफोर्ड र एन्थोनी मार्सियलको गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा ओमानिया निकोसियामाथि झिनो जित हात पारेको छ । एक-शून्यले पछि परेको खेल उल्टाउँदै युनाइटेडले तीन-दुईको जित निकालेको हो ।

करिम एन्साफर्डको गोलमा ओमानियाले ३४ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । दोस्रो हाफमा जाडोन सान्चोको स्थानमा मैदान प्रवेश गरेका रासफोर्डले ५३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । मार्सियलले ६३ औं मिनेटमा रासफोर्डकै पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो । गोल गर्नु दुई मिनेटअघि मार्सियल बु्रनो फर्नान्डेजको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।

क्रिस्टियानो रोनाल्डोको पासमा रासफोर्डले गोल गरेपछि युनाइटेड तीन-एकले अगाडि लागेको थियो । तर, एक मिनेट बित्न नपाउँदै निकोलस पानागुइटोले गोल फर्काउनुभएको थियो । त्यसपछि खेलमा गोल हुन सकेन र युनाइटेडले सफलता हासिल गर्‍यो । समूह ‘इ’ को अर्को खेलमा रियल सोसोडाडले एफसी सेरिफलाई दुई-शून्यले हराएको थियो ।

तेस्रो खेलमा दुई जितका साथ युनाइटेड अंकतालिकाको दोस्रो स्थानमा छ भने सबै तीन खेल जितेको सोसिडाड नौ अंकसहित शीर्षस्थानमा छ । सेरिफको तीन अंक र ओमानिया अंकविहीन छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?