डेंगु संक्रमितको संख्या ३३ हजार ९७५, ४४ जनाको मृत्यु

Read Time = 1 min

काठमाडौं । डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?