लिभरपुल इएफएल कपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १–१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३–२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए ।

यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले जितेको थियो । अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ । फाइनल खेल फेब्रुअरी २५ मा हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?