बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो : करिश्मा

Read Time = 1 min

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पार्टीबाट टिकट नपाएपछि बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भन्दै स्पष्टीकरण दिनुभएको छ । पार्टीबाट टिकटको अपेक्षा गर्नुभएकी मानन्धरले टिकट नपाएपछि सामाजिक सञ्जालमा एक पुरानो तस्वीरसहित एक स्टाटस राख्नुभएको छ । उहाँको उक्त स्टाटस सोह कुराप्रति लक्षित देखिन्छ ।

मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा लख्नुभएको छ, ‘विद्रोह नगर्ने स्वभाव रहृयो । नगर्दा पनि भगवान्ले सबै दिए । तर, आज महसुस हुँदै छ । बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ करिश्मा गत चैतमा एमाले प्रवेश गर्नुभएको थियो । २०७८ साल चैत ८ गते एमालेमा प्रवेश गर्नुभएकी करिश्माले त्यसलगत्तै आफ्नो वास्तविक नाम सूर्यकुमारी भएको सार्वजनिक गर्नुभएको थियो । उहाँ बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिमा लाग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?