वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

फाइल तस्वीर

Read Time = 1 min

काठमाडौं । १८ दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

किष्ट शिक्षण अस्पतालले जारी गरेको उहाँको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको छ ।

यस्तै, उहाँलाई छातीको निमोनियाको उपचारका लागि एन्टी बायोटिक पनि दिइरहेको अस्पतालले जनाएको छ ।

उहाँको अवस्था अझै पनि सामान्य भइनसकेका कारण अझै केही समय सघन कक्षमै राखेर उपचार गर्नु पर्ने अस्पतालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?