सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँको स्वास्थ्यमा सामान्य सुधार भएको जानकारी दिनुभएको हो ।

प्रा.डा.बज्राचार्यका अनुसार १८ दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको मंगलबारदेखि स्वास्थ्यमा सुधार आएको हो । मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र जोशीले सामान्य प्रतिक्रिया दिन थालेका विज्ञप्तिमा उल्लेख छ । ‘छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्स कोर्स जारी छ, अझै उहाँको सघन उपचार कक्षमा नै राखेर उपचार गर्नुपर्ने अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?