सलाहको हृयाट्रिकमा लिभरपुलको सान

हिमालय टाइम्स
Read Time = 5 mins

लण्डन । मोहम्मद सलाहले हृयाट्रिक गोल गरेको खेलमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा स्कटिस क्लब रेन्जर्समाथि सात-एकको सानदार जित हात पारेको छ । लिभरपुलको जितमा सलाहले हृयाट्रिक पूरा गर्दा रोबर्टाे फिर्मिनोले दुई तथा डार्बिन नुनेज र हार्भे इलिओटले समान एक गोल गर्नुभयो । रेन्जर्सका स्कट अर्फिल्डले गोल फर्काउनुभयो ।

खेलको १७औं मिनेटमा लिभरपुलविरुद्ध रेन्जर्सले स्कट अर्फिल्डको गोलमा अग्रता लिएको थियो । २४औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ५५औं मिनेटमा फिर्मिनोले दोस्रो गोल गर्नुभयो । ६६औं मिनेटमा फिर्मिनोले नै लिभरपुलका लागि तेस्रो गोल गर्नुभयो ।

त्यसपछि परिवर्तित खेलाडीका रूपमा आउनुभएका सलाहले तीन गोल गर्नुभयो । सलाहले ६ मिनेट १२ सेकेन्डमा तीन गोल गर्नुभएको थियो । च्याम्पियन्स लिगमा यो सबैभन्दा छिटो हृयाट्रिक पनि हो । ६८औं मिनेटमा डार्बिन नुनेजको स्थानमा मैदान छिर्नुभएका सलाहले ७६औं, ८०औं र ८१औं मिनेटमा तीन गोल गर्नुभएको थियो ।

यस जितसँगै लिभरपुल समूह ‘ए’ मा नौ अंक जोडेर नकआउट चरण नजिक पुगेको छ । पराजित रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।
यही समूहको अर्काे खलमा डच क्लब आयाक्सलाई चार-दुईले हराएर इटालियन क्लब नेपोली समूह चरणको दुई खेल बाँकी छँदै खेलेको सबै चार खेलमा जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपोलीको जितमा हिर्भिङ लोजानो, जियाकोमो रास्पडोरी, कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले गोल गर्नुभयो । आयाक्सका डाभी क्लासेन र स्टेभन वर्गवाइनले गोल फर्काउनुभयो ।

यो जितसँगै नेपोलीले चार खेलबाट शतप्रतिशत जित जितसहित १२ अंक जोडेर शीर्षस्थानमा रहृयो । पराजित आयाक्स तीन अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

टोटनहमको जित
यस्तै, टोटनहमले जर्मन क्लब फ्रान्कफुर्टलाई तीन-दुईले पराजित गर्‍यो । टोटनहमको जितमा सनले दुई तथा केनले एक गोल गर्नुभयो । फ्रान्कफुर्टका दाइची कामदा र फरिद एलिडोउले गोल गर्नुभयो ।

खेलको १४औं मिनेटमा दाइची कामदाको गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । १९औं मिनेटमा हृयुङ मिन सनले हृयारी केनको पासमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । २८औं मिनेटमा हृयारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई दुई-एकले अघि बढाउनुभयो । ३६औं मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि टोटनहम खेलमा तीन-एकले अघि बढ्यो । ८७औं मिनेटमा फरिद एलिडोउले गोल गर्दै खेललाई तीन-दुईको स्थितिमा टुंग्याउनुभयो ।

यस जितसँगै टोटनहम समूह ‘डी’ का चार खेलबाट सात अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित फ्रान्कफुर्ट चार अंक जोडेर पुछारमा छ । यही समूहको अर्काे खेलमा मार्सेले १० खेलाडीमा समेटिएको स्पोर्टिङ सिपीलाई दुई-शून्यले पराजित गरेको छ । मार्सेको जितमा माटियो गुइनडोउजी र एलेक्सिस साञ्चेजले गोल गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?