काठमाडौं । पाटा नेपाल स्टुडेन्ट च्याप्टरले मिड भ्याली इन्टरनेसनल कलेजमा बिएचएम अध्ययनरत छात्र निकेश केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि स्टुडेन्ट च्याप्टरको अध्यक्षतामा ग्लोबल कलेज इन्टरनेसनलकी विद्यार्थी रेजिना उप्रेती हुनुहुन्थ्यो । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाल स्टुडेन्ट च्याप्टरको सल्लाहकारका रूपमा रहनुहुनेछ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरअन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको एक साझा मञ्च हो, जसले विद्यार्थीलाई पर्यटन क्षेत्रसँगको निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, सीप तथा दक्षता अभिवृद्धि र पर्यटन क्षेत्रमा युवा पर्यटन पुस्ताको उज्ज्वल भविष्य निर्माणमा उल्लेखनीय भूमिका खेल्दै आएको छ ।
त्यस्तै, प्रथम उपाध्यक्षमा प्रदक्षिणा हमाल (लिटिल एन्जल्स), द्वितीय उपाध्यक्ष सुधा शाक्य (ग्लोबल इन्टरनेसनल कलेज), सचिव रूपेश खड्का (ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन), कोषाध्यक्ष आस्था भुसाल (सिटिजन कलेज) हुनुहुन्छ ।
कार्यकारी सदस्यमा राफिया बानु (सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट), इशा खतिवडा (इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट), अनुष्का प्रधान (नेपाल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट), मनोज शर्मा (अथर्व बिजिनेस कलेज), सुजना दाहाल (प्रिमियर होटल स्कुल), संदिक्षा राई (गेटवे कलेज अफ प्रोफेसनल स्टडिज), सुनील पाठक (नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट), रिशभ महर्जन (काठमाण्डू एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट), अमृता कार्की (प्रिमियर कलेज अफ हस्पिटालिटी), सोहन काफ्ले (आदर्श स्कुल अफ म्यानेजमेन्ट), परिवेश राजधामी (सनसाइन स्कुल ओफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट) र कृपा तामाङ (धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्ट) रहेको पाटा नेपालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच