महासंसारको मानिस

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

संसार सागर हो । यो सागरमा डुुबेका हामी मानव हौँ । मानिसको जीवनका हरेक पल र क्षण मानवहितका लागि हुनुु अनिवार्य छ । तर, मानिसको हितमा समर्पित हाम्रा सबै भावनालाई चेतनाले बाहिर ल्याउने प्रयास गरेको हुुन्छ । यही चेतनाका आधारमा मानिसका सबै कुराहरू बाहिर आएका हुन्छन् । त्यसैले मानिसको चेतनाको आधारलाई र उसले बाँचेको समाज र सामाजिक व्यवस्थालाई संसार भनिएको हो । निरन्तर चलिरहने र कसै गरे पनि नरोकिने हुनाले यसलाई संसारका रूपमा सम्बोधन गरिएको हो । सदीयौँ र वर्षौँदेखि निरन्तरताको चालमा चलेको हुनाले संसारका रूपमा स्वीकार गरिएको हो ।

संसाररूपी सागरमा डुुब्ने र योसँग मोहनी लगाउने मानिसको संसारबाट मोक्ष हुँदैन भन्ने कुरालाई महाभारतमा विदुुरले धृतराष्ट्रलाई सम्झाएका छन् । संसारका सबै कुरालाई मानिसले भोगेको हुुन्छ । भोगमा समर्पित मानिस कहिलै पनि संसारबाट उन्मुुक्ति पाउन सक्दैन ।

संसारका आफ्नै मूल्य–मान्यता रहेका छन् । तिनको पहिचान, स्वरूपलाई मानिसले मात्र चिनेको हुन्छ किनभने ऊसित बुुद्धि, विवेक र ज्ञान छ । यो संसारमा विद्यमान रहेका सबै कुराहरू एक अर्काका पूरक हुन सक्दछन् । संसारको सबैभन्दा सबल, सक्षम र विकासले भरिएको प्राणी मानिसलाई मानिएको छ । संसारको पहिचान भएपछि मानिसका सबै कर्मले त्यसलाई जीवन्त बनाएको हुन्छ । मानिसका सबै कर्म यो संसारको सागरमा विलीन हुन्छन् । त्यसैले संसाररूपी सागरमा डुुब्ने र योसँग मोहनी लगाउने मानिसको संसारबाट मोक्ष हुँदैन भन्ने कुरालाई महाभारतमा विदुुरले धृतराष्ट्रलाई सम्झाएका छन् । संसारका सबै कुरालाई मानिसले भोगेको हुुन्छ । भोगमा समर्पित मानिस कहिलै पनि संसारबाट उन्मुुक्ति पाउन सक्दैन भन्ने आधारलाई नै विदुुरले सुुझाउन खोजेका हुन् ।

महासंसार
जीवनका हरेक पल सुुगम मानिएका छन् आजको प्रविधिसम्पन्न यान्त्रिक मानिसका लागि । संसारमा विद्यमान रहेका सबै कुरालाई मानिसले भोग्दै आएको छ, अनुुभव गरेको छ र महसुुस पनि गरेको छ । तर जीवनमा आएको र हामीले देखेको संसार आफैँमा संसारमात्र होइन यो त महासंसार हो
उच्यते यत् कान्तारं महासंसार एव सः
वनं दुुर्गँ हि यच्चैतत् संसारगहनं हि तत् ।।
जसलाई दुुर्गम स्थान मानिएको छ त्यो महासंसार हो र जसलाई वन भनियो त्यो संसाररूपी वन हो । यही महासंसारका बासिन्दा हामी । महासंसारलाई जङ्गलका रूपमा मानेका छन् विदुरले । यो संसारबाट हामीले गर्ने सबै क्रिया र कर्मलाई संसारको स्वरूपका रूपमा मानिएको छ । संसार सुख र दुुःखको महासागर हो । यो सागरमा सबै प्राणी र तिनले भोगेको समाज गहिरो बनेर आएको छ । मानिसको यो संसारबाट मुुक्ति हुने साधनलाई मोक्ष मानिएको छ । संसारमा अनेक प्रकारका रोग व्याधि रहेका छन् । तिनै रोगबाट ग्रसित मानिस संसारको दुुःख र पीडाबाट मुुक्त हुन सकेको छैन । उसले भोगेको संसारका सबै पद्यति र प्रक्रियामा जीवनजगत नाशवान् छ । विदुुर भन्छन्
ये च ते कथिता व्याला व्याधयस्ते प्रकीर्तिताः ।
संसारमा जसलाई सर्प भनेर सम्बोधन गरिएको छ ती मानिसमा विद्यमान रोगहरू हुन् । रोगका माध्यमबाट जीवनलीला समाप्त पार्ने मानिसका लागि सर्प नै रोग बनेर आएका हुुन्छन् ।

संसार जित्न र संसारमा शासन गर्न सदा तयार रहने मानिसलाई जीवनका सबै कुरा भौतिकतामा विद्यमान छन् भन्ने लाग्दछ । जीवनका सबै पक्रिया आफ्नै तरिकाले चलेका हुुन्छन् । यो संसारको रीत र जीवनको आधार पनि हो । यही आधारमा टेकेर मानिस जीवन्त बनेर आएको हुन्छ पनि ।

आशा नै जीवन
आशालाई अध्यात्मले दुुःख मानेको छ । आशालाई जीवनको सबैभन्दा महान मित्र पनि मानिएको छ । यो आशाको त्यान्द्रोमा झुुण्डिएको मानिस सदाआफूूू र आफूले बाँचेको जीवन मूल्यवान् सम्झेर बसेको छ । आशालाई जीवनको सबै मर्म र त्यसको भोग मान्ने मासिनका लागि संसारका सबै कुरामा चेतनाको भाव जीवन्त बनेर आएको हुन्छ । महासंसाररूपी वनमा रहेको तलाऊ मानिसको शरीर हो भने त्यसमा रहेको विशाल सर्प काल हो । यही कालको वशमा छ मानिस ।
यस्तत्र कूूपो नृपते स तुु देह शरीरिणाम्
यस्तत्र वसतेऽधस्तान्महाहिः काल एव सः ।
त्यसैले मानिस महासंसारमा सदा जीवन्त रहने प्रयासमा रहेको हुन्छ । उसको जीवनका सबै पल र उसले भोग्ने गरेका भावनाका सबै आधार मानिसको शरीरसित मित्रता गाँसेका हुुन्छन् ।

जीवनमा आशावादी हुुनुु राम्रो हो । आशाले नै जीवनका सबै पक्षमा आत्मसञ्चार गरेको हुुन्छ । त्यही आत्मसञ्चारमा समर्पित मानिसले आशाको केन्द्रमा रहेर आफूलाई उभ्याएको हुुन्छ । यही कुरालाई महाभारतमा विदुुर महासंसारको आशाको स्वरूपलाई लिएर धृतराष्ट्रसित भन्छन् -
कूूपमध्ये यथा जाता वल्ली यत्र स मानवः
प्रताने लम्बते लग्नो जीविताशा शरीरिणाम् ।
कुुवाको मध्यभागमा लता उत्पन्न भएको छ ।त्यसलाई समातेर मानिस झुुण्डिरहेको छ । त्यो संसारका देहधारी मानिसको आशा हो । यही आशाको केन्द्रमा रहेको छ मानिस र उसकोजीवनका आधारहरूपनि ।आशामा बाँचेको मानिस सदा आशामा सञ्चरित छ । निराशा उस का लागि ग्रहण योग्य मानिँदैन ।

आशाले जीवनलाई चलाउँछ । आशामा देखिएका विभिन्न भावले मानिसलाई जीवन्त बनाएको हुन्छ । जीवनमा आशालाई सबैभन्दा बलवान मानेर बाँच्ने मानिसका कर्मले जीवनको आरोह र अवरोहलाई गतिशील तुल्याएको हुन्छ । यही गतिशीलताको आधारमा हुर्केको मानिसका लागि जीवनका सबै चक्र र उसले भोग्ने आधारहरू चेतनाको संस्कारमा पालित बनेर आएका हुन्छन् । आशाका सबै प्रकार र आशाले दिने सबै आधार जीवनमार्गका सहयात्री हुन् । यही जीवनमार्गमा उसलाई आशाले गतिलो बनाएर पठाएको हुुन्छ । जीवनमा आशा हुुँदैनथ्यो भने मानिसको बाँच्ने आधार पनि रहने थिएन । आशालाई केन्द्रमा राखेर गतिशील बनेको मानिसलाई निराशाले विभिन्न अवस्थामा लगेर राखेको हुन्छ । त्यसैले आशालाई जीवनको बलियो आधार मानिएको छ ।

चक्रमा मानिस
चक्रवत् परिवर्तन्ते सुुखानि च दुुखानि च संसारमा सुुख र दुुःख मोटरको चक्र समान छन् । कुुनै पनि मोटरको चक्रको भाग सधँै माथि पनि रहँदैन र सधैँ लत पनि रहँदैन । निरन्तर परिवर्तन भई घुुमिरहेको हुुन्छ । यो महासंसारमा सबैलाई सुुख प्राप्त छैन र सबै दुुःखमा पनि छैनन । मानिस भएकाले हामी सुुख र दुुःखको अनुुभव गरिरहेका हुन्छौँ । यही महासंसारको सुुख र दुुःखमा खारिएर आएको हो मानिस ।

मानिसलाई उसका कर्म र उसले जीवनका लागि भोगेका सन्दर्भले बाहिर ल्याएको हुन्छ । जीवनका रहेक पल र मानिसले भोगेको समय चक्र समान परिवर्तनीय छ । यो सन्दर्भलाई मानिसले बुुझ्ने र सम्झने प्रयास गरेको पनि छैन ।

मनको इच्छा र कामनाले नै मानिसलाई मानिस बनाएको हो । मानिसका मनमा कामना हुँदैनथे भने ऊ गुुफाको बासिन्दा हुने थियो । गुुफा नै उसको आश्रयस्थल र जङ्गल उसको निवासस्थान हुुने थियो । तर आज मानिस त्यो अवस्थामा पुुग्न सकेन । उसलाई कामना र मनका आकाङ्क्षाले बलवान् बनाएको छ । त्यही बलियोअवस्थामा उसको जीवनका हरेक आधार गतिशील बनेका छन् । मनका चाहना मिठा हुन्छन्, आशाले भरिएका हुन्छन्, जीवलाई सुखद् अवस्थामा पुुर्‍याउने खालका हुुन्छन् त्यसैले मनका आशालाई जगाउन ऊ सदा क्रियाशील रहने गरेको हुुन्छ । जीवनका कामना र इच्छालाई लिएर विदुुर भन्छन्-
ये ते मधुुकरास्तत्र कामास्ते परिकीर्तिताः
यास्तुु ता बहुुशो धाराः स्रवन्ति मधुुनिस्रवम्
तांस्तुु कामरसान् विद्याद् यत्र मज्जन्ति मानवाः ।।
संसाररूपी सागरमा जो मौरी रहेका छन् ती सबै मानिसका कामना हुुन् । यहाँ मनका कामनालाई मौरीको महसित हेरिएको छ । मौरीमा रहने ऐक्यबद्धता र ऐक्यबद्धतामा पाइने मह जति मिठो हुन्छ मानिसका आशाहरू पनि त्यहीरूपमा रहेका हुुन्छन् । तिनै आशाले मानिसका सबै क्रिया र जीवनलाई अर्थकरी बनाएका हुन्छन् । यही आशा र कामनाको डोरीमा सक्रिय बनेर लागेको मानिस नै संसारको प्राणी हो ।

संसार महासागर हो । आशामा झुुण्डिएको मानिस यो महासागर तर्न सक्दैन । आशा, ममता, माया, प्रेम, स्नेह र कामनाले सदा उसलाई जीवन्त बनाएर गति दिएका हुन्छन् । ती आशाको डोरीमा बाँधिएर नै संसारमा जीवित रहेको मानिसलाई संसारबाट बाहिर आउने विभिन्न आधारका केन्द्रले गति दिएको हुन्छ ।

जीवन भोग होइन । संसार चलायमान छ । यो सदा निरन्तर चलिरहेको छ । यो चलायमान पृथ्वी र आशाको केन्द्रमा झुुण्डिएको मानिस र उसका क्रियाले सदा गति पाएका छन् । यही गतिमा सलबलाएको छ मानिस पनि । विदुरले हस्तिनापुरका प्रधान धृतराष्ट्रलाई यही कुरा बताए । संसार महासागर हो । आशामा झुुण्डिएको मानिस यो महासागर तर्न सक्दैन । आशा, ममता, माया, प्रेम, स्नेह र कामनाले सदा उसलाई जीवन्त बनाएर गति दिएका हुन्छन् । ती आशाको डोरीमा बाँधिएर नै संसारमा जीवित रहेको मानिसलाई संसारबाट बाहिर आउने विभिन्न आधारका केन्द्रले गति दिएको हुन्छ । एउटा शक्तिशाली राष्ट्रको प्रधानमा विद्यमान रहेका आशा र ममताले महाभारत भयो । आजको मानिसका सबै कर्म र उसले जीवनलाई भोग्ने आधार आशामा केन्द्रित रहेका छन् । त्यसैले आशा गर । कामना राख । तर संसारको सागरमा डुुबुुल्की मार र निस्क भन्ने धारणालाई विदुुरले सङ्केत गरेका छन् । मानव जीवनको मूूल आधार आशा मानिएको छ । त्यो आशा उसलाई महासंसारबाट प्राप्त भएको हो । त्यही महासंसार नै आजको विकसित संसार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?