ग्राहकमुखी योजना ‘दराज क्लब’

Read Time = 1 min

काठमाडौं । अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । क्लबअन्तर्गत ग्राहकले दराज एपमार्फत् विशेष लाभ प्राप्त गर्न सक्ने र ग्राहकले दराज एपमा प्रत्येक खरिदारीपछि जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ ।

दराज क्लबको सदस्य बनेर ग्राहकले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भाउचरलगायतका फाइदा प्राप्त गर्ने कम्पनीको दाबी छ । दराज क्लब आइओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्न ग्राहकलाई आफ्नो दराज एप अपडेट गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

कम्पनीका अनुसार क्लबमा सहभागी हुन ग्राहकले डिसेम्बर ३१ सम्म कम्तीमा २५ सय जेम्स संकलन गर्नुपर्नेछ, जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ । डिसेम्बर ३१ पछि क्लबमा सहभागी हुन आवश्यक पर्ने जेम्सको न्यूनतम संख्या ३५ सय रुपैयाँ पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?