एकपटक अवसर दिएर हेर्नुस् : भुवनप्रसाद श्रेष्ठ

प्रदेशसभा निर्वाचन क्षेत्र नं.-२ (क) का गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ ।

हिमालय टाइम्स
Read Time = 2 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ‘क’ बाट सत्तारूढ गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले आफूलाई एकपटक अवसर दिएर हेर्न आग्रह गर्नुभएको छ । इस्मा गाउँपालिका- ५ मा भएको अगुवा कार्यकर्ता भेला कार्यक्रममा श्रेष्ठले एकपटक अवसर दिएर हेर्न आग्रह गर्नुभएको हो ।

पटकपटक माननीय भएर सत्तामा रहँदा केही काम नगर्नेलाई आफूले काम गरेर देखाउन चाहेको प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले बताउनुभयो । ‘पटकपटक जितेर सत्तामा पुग्नेहरूले केही विकासका काम गर्न सकेनन्’, श्रेष्ठले भन्नुभयो, ‘विकास गरेर देखाउन मन छ, एकपटक अवसर दिएर हेर्नुस् ।’

श्रेष्ठले गुल्मीको क्षेत्र नम्बर २ मा लामो समयदेखि एउटै अनुहारले चुनाव जितिरहेको तर न्यूनतम विकासका काम पनि नभएको बताउनुभयो । यहाँबाट २५ वर्ष निरन्तर सत्तामा रहेका माननीयहरूले गर्न नसकेको काम आफूले पाँच वर्षमा गरेरै देखाउने उम्मेदवार श्रेष्ठले दाबी गर्नुभयो। एकपटक अवसर दिएर मात्र हेर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

परिस्थितिजन्य राष्ट्रव्यापी आवश्यकताका आधारमा भइरहेको सत्तारूढ गठबन्धनले सफलता पाउनेमा आफू विश्वस्त रहेको पनि प्रदेश सभा सदस्य उम्मेदवार श्रेष्ठले बताउनुभयो ।

उहाँले यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ दलका साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई कलम चिन्ह र आफूलाई रूख चिन्हमा मतदान गरि प्रदेश सभामा जिताउन पनि अपील गर्नुभयो । श्रेष्ठसँग नेकपा एमालेका डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?