बिवाइडीको सोरुम नक्सालमा

Read Time = 3 mins

काठमाडौं । बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पहिलो स्टेट अफ दि आर्ट सोरुम काठमाडौंको नारायणचौर नक्सालमा विस्तार गरेको छ । यसअघि बिवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन बिक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रिक एसयुभी एटो थ्री बजारमा ल्याएसँगै नयाँ सोरुम पनि सञ्चालनमा ल्याएको हो ।

नयाँ सोरुम उद्घाटनमा कम्पनीका ब्राण्ड एम्बेसडर हरिवंश आचार्य, बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठलगायतको उपस्थितिमा भएको हो । ब्राण्ड एम्बेसडर आचार्यले विद्युतीय साधन उपभोग बढाउन आग्रह गर्नुभयो । बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरीय उत्पादन बिक्री गर्न उत्कृष्ट सोरुम निर्माण गरेको भन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिनुभयो । कम्पनीकी प्रबन्ध निर्देशक श्रेष्ठले सबैको माया र विश्वासका कारण नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएको बताउनुभयो ।

कम्पनीले केही दिनअघि मात्रै बिक्रीपछिको सेवा प्रदान गर्न गौरीघाटमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको पनि उहाँले जानकारी दिनुभयो । साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीबारे जानकारी दिँदै प्रिमियम इलेक्ट्रिक कार खोज्नेका लागि एटो थ्री उपयुक्त मोडल भएको दाबी गर्नुभयो । कम्पनीका अनुसार बिवाइडीको डेडिकेटेट इभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो ।

आधुनिक फिचरले भरिपूर्ण क्याबिनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पाँच इन्चको ड्राइभर इन्फरमेसन डिस्प्ले, सातवटा एयरब्याग, मल्टी फंसनल स्टेरिङ हृवील रहेका छन् । नेपाल आएको एटो थ्रीमा एक सय ५० किलोवाटको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ भने एकपटकको फुल चार्जमा चार सय २० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लुएलटिपीले प्रमाणित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?