इन्डोनेसियाद्वारा तरल औषधिको उपयोगमा प्रतिबन्ध

Read Time = 2 mins

जकार्ता, सिन्हृवा । इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ । देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोग अस्थायीरूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले विशेष गरी ६ वर्षभन्दा कम उमेरका बालबालिकामा साउनको अन्त्यदेखि संक्र्रमण बढेको, केही बिरामीलाई पखाला चल्ने, खोकी लाग्ने, वाकवाकी हुने लक्षण देखापरेका उक्त मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले बताउनुभयो ।

कोभिड-१९ खोपका कारण बालबालिका हताहत नभएका स्पष्ट गर्दै उहाँले ६ वर्ष वा त्यसभन्दा माथिका बच्चालाई मात्र खोप लगाउन आ≈वान गरिएको बताउनुभयो । भारतमा उत्पादन गरिएका चार प्रकारका खोकीका झोल औषधिले गाम्बियामा ७० बालबालिकाको मिर्गौलामा गम्भीर समस्या भई ज्यान नै गएको बताइएको छ । इण्डोनेसियाको खाद्य तथा औषधि नियामक निकायले भारतीय औषधि देशमा दर्ता नभएको बताएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?