भोट माग्न किसानको खेतबारीमा बाजुराका उम्मेदवार

हिमालय टाइम्स
Read Time = 3 mins

-मानबहादुर बिश्वकर्मा
बाजुरा । आगामी मंसीर ४ गते हुँने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिदै जाँदा बाजुरा जिल्लाका राजनीतिक दलहरुले चुनाव प्रचारप्रसार तथा घरदैलाे भेटघाट कार्यक्रमहरु तिव्र गतिमा गरिरहेका छन् ।

बाजुरामा नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवार यतिबेला घर भेटको कार्यक्रममा ब्यस्त रहेका छन् । एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्ण बहादुर थापा प्रदेश र प्रदेश (क) का उम्मेदवार बलदेव रेग्मी प्रदेश (क) मा ब्यस्त रहेका रहनुभएको छ भने लाल बहादुर थापा प्रदेश सभा (ख) का जनताहरुको घरदैलोमा घुमिरहनुभएको छ । सोही क्रममा प्रतिनिधी सभाका उम्मेदवार कर्ण बहादुर थापा जनताको घरदैलोमा पुगेर जनताका सुखदुख साटासाट गरिरहनु भएको छ ।

किसानहरु यति बेला खेतवारीको काममा ब्यस्त हुन्छन्, त्यहि गएर जनतासँग गाउँका समस्या तथा दुखमा सधै साथ दिने प्रतिबद्धता गरिरहेका छन् । थापाले २०७० सालको संबिधान सभामा पनि एमाले बाट विजय प्राप्त गर्नुभएको थियो । छोटो समयको कार्यकालमा थापाले जिल्लामा केही विकासका कामको शुरुवात समेत गरेको एमाले बाजुराले जनाएको छ ।

केन्द्रिय राजनीतिक पहुँचमा राम्रो प्रभाब राख्ने थापाको केपी ओलीको सरकारमा गृहमन्त्रीको चर्चा समेत भएको थियो । थापा भन्नुहुन्छ, आफु जनप्रतिनीधि हुँदा होस, वा नहुँदा होस सधै जनताको पक्षमा काम गरिरहेकाले फेरी पनि काम गर्ने प्रतिद्धता जनाउनुभएको छ । बाजुरामा गठबन्धन र एमाले पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गठबन्धन बाट नेपाली काँग्रेसका सहमहामन्त्री बद्रि प्रसाद पाण्डे रहनुभएको छ । अहिलेको समय खेतिपाति गर्ने समय हो । बाजुरामा ९५ प्रतिशत कृर्षिमा आधारीत रहेका छन् । अधिकांश मतदाता काममा ब्यस्त छन् । राजनितिक दलले मतदाताका काममा सहयोग गर्दै मत माग्ने काम गरिरहेका छन् ।

जनताको राजनीतिक दलप्रति बितृष्णा जगाएर बसिरहेको भएपनि पटक पटक बिभिन्न योजनाहरु दिने भन्दै मत माग्दै गरेका छन् । तर जनताका आबश्यकताहरु कतै बाट पनि नभएपछि राजनीतिक दलले जनतालाई खुशी पार्न र मत तान्ने बिभिन्न उपायहरु अपनाउदै आएका ईन्सेक बाजुराका प्रतिनिधि पदम बहादुर सिंहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?