बाजुराका घरदैलोमै सामाजिक सुरक्षा भत्ता

वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बितरण गर्दै नगरपालिका प्रमुख जनक कुमार बोहोरा । तस्बिरः मानबहादुर बिश्वकर्मा

हिमालय टाइम्स
Read Time = 4 mins

-मानबहादुर बिश्वकर्मा

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको छ । शनिवार वडा नम्बर ८ ९ र १० का वृद्धवृद्धा, अपाङ्ग र बिधुवा महिलाहरुका लागि बुढीनन्दा नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो ।

राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखा र बुढीनन्दा नगरपालिकाको समन्वयमा सामाजिक सुरुक्षा भत्ता घरमै पुगेर बितरण गरिएको छ । अपाङ्ग भएका वृद्धवृद्धा बिधुवा महिलाहरुका लागि सरल र सहजहोस भन्ने हेतुले नगरपालिकाले बाणिज्य बैंकको कोल्टी शाखा सँगको समन्वयमा सामाजिक सुरक्षा भत्ता घरमै पुगेर बितरण गरेको हो ।

नगरपालिकाले सबैको भत्ता बैङ्कमा जम्मा गरी बैङ्कका कर्मचारी सँगै लिएर सेवाग्राहीबाट चेक लिने र नगद भुक्तानी दिने गरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने परिवारहरू आर्थिक र सामाजिक हिसाबले समाजका अन्य वर्ग भन्दा कमजोर छन् । त्यसैले बस्तीमै पुगेर भत्ता वितरण गरेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहोराले बताउनुभयो ।

यसरी गाउँमै भत्ता पाउन थालेपछि घरमै सरकार आएको अनुभव भएको यहाँको नागरिकको भनाई छ । भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख जनककुमार बोहोरा आफै बस्तीमा पुग्नुभएको छ । उहाँका साथमा राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी पनि छन् ।

मासिक चार हजार भत्ता बुझ्नका लागि एक दिन पैदल सम्म हिँडेर जानुपर्ने, बैंकमा नेट नचल्दा हप्ता दिन सम्म बस्नुपर्ने अवस्था थियो । हिँड्न नसक्ने वृद्धवृद्धालाई घरका छोरा छोरीले बोकेर बैंक सम्म पुर्‍याउनुपर्ने बाध्यता थियोे तर अहिले यो समस्या हटेको छ ।

यसरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्दा यहाँका वृद्धवृद्धामा खुसीयाली छाएको छ । वृद्धावृद्धा र अपाङ्गता भएका ब्यक्तिलाई बैंक सम्म जान निकै कठिनाई हुँने गरेकाले उक्त समस्यालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता घरमै पुगेर बितरण गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख बोहोराले बताउनुभयो ।

शनिवार बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहोरा र राष्ट्रिय बाणीज्य बैंक कोल्टी शाखाका प्रबन्धक कमल ऐर वडा नम्बर-८ का वडा अध्यक्ष केशर बहादुर शाही वडा नम्बर-९ का वडा अध्यक्ष मानबहादुर रावत र वडा नम्बर-१० का वडा अध्यक्ष नन्दबहादुर रोकाया र सुरक्षाकर्मी लगायतको उपस्थितमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको बुढीनन्दा नगरपालिका नगर प्रमुखका स्वकीय सचिव केशर बहादुर बोहोराले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?