पत्रकार टेक मास्की रानाको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

-चन्द्रकान्त खनाल

बुटवल । दुईृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पत्रकार टेक मास्की रानाको निधन भएको छ । डेंगुसंगै मिर्गौला र जण्डिसको समस्या देखिएको र उपचारको क्रममा मास्कीको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी गराउनु भयो ।

उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको भन्दै पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गर्नु भयो ।

रेडियो जागरणका समाचार प्रमुख रहनुभएका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरिसक्नुभएको छ । स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाउनुभएको थियो ।

केही वर्ष अघि श्रीमती गुमाउनुभएका रानाका दुई छोरी र एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?