पशुपन्छी क्षेत्रका सरोकारवालाले मनाए कुुकुर तिहार (तस्वीरसहित)

Read Time = 5 mins

काठमाडौं । पशुपन्छी क्षेत्रका सरोकारवाला, चिकित्सक, अधिकारकर्मीले विविध कार्यक्रम गरी कुकुर तिहार मनाएका छन् ।

kukur tihar 1

नेपाल भेटेरिनरी अभ्यासकर्ता लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्री,भेटेरिनरी विद्यार्थी संघ,पशुपती क्षेत्र विकास कोष , लायन्स क्लब अफ काठमाडौंसँगको सहकार्यमा सोमबार बिहान कुकुर पूजासँगै पशु कल्याणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

एसोसिएसनले पशुपतिको दक्षिण प्रवेशद्वारमा बिहान कुकुर पूजा गरी जनचेतनामूलक कार्यक्रम गरेको हो ।

bite

कार्यक्रमका प्रमुख अतिथि नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा। शीतलकाजी श्रेष्ठले कुकुरको धार्मिक महत्त्व रहेको उल्लेख गर्दै यस्तो कार्यक्रम आयोजना गरेको देख्दा खुसी लागेको बताउनु भयोे ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले पशुपति सबै प्रणाीको भगवान् भएकाले यस्ता कार्यक्रमबाट सबैलाई सहयोग पुग्ने बताउनु भयो । उहाँले पशुपतिमा रहेका छाडा पशुचौपाय र बाँदरको भ्याक्सिनेसनलगायतमा सहयोगका अपेक्षा पनि गर्नुभयो ।

kukur tihar 3

नेपाल भेटेरिनरी अभ्यासकर्ता संघका अध्यक्ष डा. श्रीराम अधिकारीले सबै संस्थाको सहयोगले गर्दा गत वर्षदेखि कार्यक्रम आयोजना गर्न सकिएको बताउनु भयो । उहाँले कुकुर तिहारलाई कुकुर दिवसका रूपमा मनाउन सरकारसमक्ष माग समेत गर्नुभयो ।

संघका संस्थागत अध्यक्ष डा. मुक्तिनारायण श्रेष्ठले कुकुर आफ्नो नाममा स्थापना गरिएको प्रतिष्ठानले ललितपुर जिल्लामा कुकुरलाई रेविजविरुद्धको खोप लगाइदिने गरेको जानकारी दिनुभयो । मानिसको पारिवारिक सदस्यजस्तो भइसकेकाले भ्याक्सिनेसनलगायत काम नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

kukur tihar

कुकुर तिहारको अवसरमा स्नेहाज केयरले पनि कुकुर पूजा कार्यक्रम आयोजना गरेको छ । ललिलतपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायत उल्लेखीय सहभागी रहेको कार्यक्रम सेल्टरमा राखीका कुकुरहरुको पूूजा गर्नुका साथै विभिन्न परिकारहरु समेत खुवाईएको थियो ।

यसैगरी स्नेहा केयरकी संञ्चालिक स्नाह श्रेष्ठले कुकुर पूजाको लागी स्वदेशी महानुभावहरुको साथै विदेशी पाहुनहरुले समेत खुसी साटासाट गरेर कुकुर तिहार मनाएको बताउनु भयो ।

भैंसेपाटीस्थित सेल्टरमा कुकुर पूजालगायत कार्यक्रम आयोजना गरिएको स्नेहाज केयर सेल्टरले जनाएको छ । उसले कुकुर तिहार हर्ष, उत्साह र उमंगका साथ मनाउन सबैलाई आमन्त्रणसमेत गरेको थियो ।

स्नेहाज कुकुरलगायत छाडा पशुचौपायको व्यवस्थापनमा झण्डै एक दशकदेखि क्रियाशील संस्था हो ।

ww

सडकमा छाडिएका कुकुरको हितमा विभिन्न संघ संस्था क्रियाशील रहे पनि बेलाबेला क्रूरतापूर्ण व्यवहारका घटना सार्वजनिक हुने गरेको छ ।

यसैगरी अन्य वर्षहरुमा जस्तै नेपाल प्रहरीले कुकुर पूजा सम्पन्न गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?