बाढीपहिरो पीडितलाई नगरपालिकाद्धारा राहत बितरण

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा

बाजुरा । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अबिरल बर्षाका कारण प्रभावित बनेका बाढीपहिरो पीडितलाई राहत बितरण गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिकाले वडा नम्बर १ देखि वडा नम्बर १० सम्मका १५० घरधुरिलाई राहत स्वरुप २ बोरा चामल र एक त्रिपाल बितरण गरेको हो ।

बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाले पूर्ण रुपमा क्षति भएका घरपरिवारलाई २ बोरा चामल र १ त्रिपाल बितरण गरिएको हो भने आंन्सिक रुपमा क्षति भएका घरपरिवारहरुलाई १ बोरा चामल र १ त्रिपाल बितरण गरिएको हो । नगरपालिकाका १५० घरधुरिलाई हालसालै बितरण गरिएपनि अन्य ब्यक्तिलाई राहत संकल गरि बितरण गरिने नगरपालिकाले जनाएको छ ।

बाढीपहिरो बाट घरहरु पूर्णरुपमा क्षति भएका परिवारको बस्ती पुर्नः स्थापना समेत गरिनु पर्ने भएकाले तत्कालका लागी आंन्सिक र पूर्णरुपमा क्षति भएका परिवारलाई केही दिन सम्मका लागि भएपनि त्रिपाल र चामल बितरण गरिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनकुमार बाहोराले बताउनुभयो ।

उहाँका अनुसार पूर्णरुपमा घरहरुनै क्षति भइसकेका हरुको बस्ती स्थान्तरण गरिने समेत उहाँले बताउनुभयो । नगरपालिकाका सबै वडाहरुमा भएको क्षतिको स्थलगत अनुगमन तथा विवरण संकलन गरी बसाइँ ब्यवस्थापन गरिने पनि उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?