बोटका एयरफोन र स्मार्टफोन नेपाली बजारमा

Read Time = 3 mins

काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड भारतको वायरलेस हियरेबल ब्राण्डले लाइन अपमा सुन्न र लगाउन मिल्ने उपकरण नेपाली बजारमा ल्याएको छ । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले भित्त्र्याएको हो ।

स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिभ टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यसमा रहेको नवीनतम बोट एएसएपी चार्ज टेक्नोलोजीले सात दिनसम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा शून्यदेखि शतप्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ । पसिना, पानी र धुलो प्रतिरोधी यसको मूल्य भने छ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको बोट एक्स्टेण्ड सपोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । जसमा फिटनेस वाचका सुविधाका साथै सात सयभन्दा बढी सक्रिय मोड रहेका छन् । ३० मिनेटमै पूर्ण चार्ज हुने स्मार्टवाचमा स्पोर्टी १.६९ इन्च एचडी डिस्प्ले रहेको छ भने यसको मूल्य छ हजार चार सय ९९ रुपैयाँ रहेको छ । कम्पनीले नेकब्याण्ड रकेर्ज ३३०, रकेर्ज २५५ प्रो प्लस पनि ल्याएको छ । जसको मूल्य तीन हजार तीन सय ९९ देखि तीन हजार चार ९९ सय रुपैयाँसम्म पर्ने बताइएको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जालान भन्नुहुन्छ, ‘विगत केही महिनादेखि हामी विभिन्न प्रकारका उत्पादन र विशेष सेवा प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न लागिपरेका छौँ । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई बोट स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?