क्यानले रोक्यो नेपाल एयरलाइन्स दिल्ली उडान

Read Time = 2 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ । उडान अनुमति नलिएको भन्दै वाइडबडी विमान आरए–२१७ को उडान रोकिदिएको हो ।

आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा दिल्लीका लागि उडान गर्ने तयारी गरेको उडान रोकिएपछि दुई सय ५४ जना यात्रु अलपत्र परेका छन् । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलाइन्सलाई अनुमतिभन्दा बढी उडान नगर भन्दाभन्दै अटेर गरेका कारण उडान रोकेको बताउनुभएको छ ।

क्यानले उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई पहिले नै सूचना दिएको दाबीसमेत गरेको छ । अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय र नेपाल एयरलाइन्सलाई क्यानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने जानकारी पनि दिइएको जनाएको छ ।

नेपाल एयरलाइन्सले भने १४ उडानका लागि अनुमति माग्दा क्यानले १० वटाको मात्रै अनुमति दिएका कारण समस्या परेको जिकिर गरेको छ । अनुमति प्रक्रिया गर्दागर्दै क्यानले उडान रोकिदिएको नेपाल एयरलाइन्सको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?