लसएन्जल्स । गायिका टेलर स्विफ्टले सार्वजनिक भएको केही दिनमै भिडियो सम्पादन गर्नुभएको छ । केही दिनअघि सार्वजनिक टेलरको गीत ‘एन्टि हिरो’को भिडियोको एक दृश्यलाई लिएर दर्शकले चित्त दुखाएको पाएपछि उहाँले त्यसको पुनः सम्पादन गर्नुभएको हो ।
सार्वजनिक हुने बित्तिकै संगीत जगतमा अनेक कीर्तिमान कायम गर्न सफल ‘एन्टि हिरो’को एक गीतमा टेलरलाई वजन नापिरहेको देखाइएको थियो जहाँ उहाँलाई ‘मोटो’ भएको संकेत देखाइन्छ र यो देखेर टेलरले मुख खुम्च्याउनु भएको छ । दर्शकले यही दृश्यमा आपत्ति जनाएका थिए । टेलरले मोटोपनको मजाक उडाएको भन्दै विरोध भएपछि यो दृश्य उहाँले सम्पादन गर्नुभएको हो । भिडियोको निर्देशन पनि टेलर स्वयंले गर्नुभएको थियो ।
‘एन्टि हिरो’ टेलरको नयाँ एल्बम ‘मिडनाइट’मा समावेश एउटा गीत हो । यो गीतले स्पटिफाइमा २४ घण्टामा सर्वाधिक सुनिने गीतको रेकर्ड कायम गरिएको थियो । स्रोताको चाप धेरै भएपछि स्पटिफाई केही समयका लागि ‘क्रयास’ भएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच