कला क्षेत्रलाई व्यावसायिक बनाउँदै घले

Read Time = 3 mins

काठमाडौं । एक दशकदेखि म्युजिक भिडियोमा अभिनय र कोरियोग्राफीमा लाग्नुभएका गणेशमान घले हालसम्म पनि अभिनयमा सक्रिय हुनुहुन्छ । झण्डै दर्जनको हाराहारीमा गीतका भिडियोमा अभिनय गरेर फरक पहिचान बनाउनुभएका घलेले कलाकारितालाई नै व्यावसायिक पेशा बनाएर लागेको सुनाउनुहुन्छ । धादिङको गंगाजमुना गाउँपालिकामा जन्मिएर सानैदेखि कलाकारीता क्षेत्र रोज्नुभएका उहाँले अभिनयसँगै कोरियोग्राफर पनि गर्दै आउनुभएको छ ।

आफूले अभिनय गरेका अधिकांश भिडियोले बजारमा राम्रै सफलता हासिल गरेको उहाँको दाबी छ । पछिल्लो पटक घलेले अभिनय गरेको ‘सोल्टिनी क्या राम्री’नाम गरेको गीतको भिडियो पनि युट्युबमा धेरै पटक हेरिएको छ । राजधानीमा बसेर कला क्षेत्रलाई गहिराइबाट नियाल्दै थप मौलिकता भित्र्याउनेतर्फ आफू लागिपरेको उहाँ सुनाउनुहुन्छ ।

‘कला क्षेत्रमा मौलिकताको आवश्यक पर्दछ’, घलेले भन्नुभयो, ‘मैले थप मौलिकताको खोजी गरिरहेको छु, मौलिकता हरायो भने देशको पहिचान र सौन्दर्यता गुम्छ ।’ साथै, उहाँले कोरियोग्राफीसँगै नृत्य सिकाउँदै आएको पनि जानकारी गराउनुभयो । ‘मेरो व्यावसायिक पेशा नै यही कलाकारिता हो, आफू म्युजिक भिडियोमा नृत्य तथा अभिनय गर्दै अरूलाई पनि सिकाउँदै आएको छु’, घलेले भन्नुभयो । सानैदेखि टेलिभिजनमा चलचित्र तथा म्युजिक भिडियो हेर्दै यो स्थानसम्म आउन सफल भएको उहाँले सुनाउनुभयो ।

घर परिवारको साथ र सहयोगबाट पनि यस क्षेत्रमा अघि बढ्न आफूलाई सहजभएको घलेले बताउनुभयो । ‘कलाकार बन्न चाहना भएर मात्रै नहुँदो रहेछ घर परिवारको साथ र सहयोग भएन भने’, उहाँले भन्नुभयो, ‘कतिपयको त परिवारबाट कलाकारितामा लाग्न साथ नै मिल्दैन, तर मेरो भने त्यस्तो भएन, परिवार सबैको पूर्ण साथ र समर्थन छ ।’ यही पेशाबाट फरक पहिचान बनाउने उद्देश्यले अघि बढेको घलेको भनाइ छ । कला क्षेत्रमा आफूले गरेको मिहिनेत संघर्षअनुरूप केही म्युजिक अवार्डसमेत प्राप्त गरेका घलेले सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?