सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन ।

बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए ।

हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गर्यो । उसको ६ खेलबाट १५ अंक रह्यो । समान खेलबाट समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा रह्यो ।

अब युनाइटेडले फेब्रुअरीमा प्लेअफ खेल्नेछ । यस्तै, समूहबाट सेरिफ र ओमोनिया बाहिरिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?