स्मरण शक्ति गुमेको अभिनेत्री दिशा पटानीको खुलासा

Read Time = 1 min

मुम्बई । भारतीय अभिनेत्री दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेको खुलासा गर्नुभएको छ । उहाँले भारतीय संचारमाध्यमलाई हालै दिएको एक अन्तर्वार्तामा तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको र स्मरणशक्ति गुमेको खुलासा गर्नुभएको हो ।

उहाँले चलचित्र सुटिङका क्रममा जिम्यास्ट्रिक खेल्ने क्रममा यो घटना भएको जानकारी गराउनुभएको छ । टाउकोमा चोट लागेको कारण उहाँको स्मरणशक्ति गुमेको थियो ।

उहाँले उक्त समय करिब ६ महिनासम्म स्मरणशक्ति गुमाएको खुलासा गर्नुभएको छ । हाल उहाँ पुरै निको भइसक्नु भएको छ । उहाँले चलचित्र एमएस धोनीबाट बलिउडमा आफ्नो करियरको सुरुवात गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?