बालकले हातमा बेरिएको कोब्रालाई टोकेर मारिदिए

हिमालय टाइम्स
Read Time = 2 mins

छत्तिसगढ । भारतका एक आठ वर्षीय बालकले आफ्नो हातलाई बेरेर टोक्ने कोब्रालाई मारेका छन् । छत्तीसगढ क्षेत्रको दुर्गम पाण्डरपाड गाउँमा दिपक नामले चिनिने बालकलाई सोमबार सर्पले आक्रमण गरेको थियो । आफ्नो परिवारको घर बाहिर खेलिरहेको बेला कोब्राले टोकेको थियो । पीडासँग लड्दै दीपकले क्रोधित भएर आफ्नो हात हल्लाए तर कोब्राले छोडेन ।

अन्ततः आत्तिएका बालकले सर्पको शरिरमा दाँतले टोकिदिए । ‘सर्पले मेरो हातमा बेरेर मलाई टोक्यो । मलाई ठूलो पीडा थियो,’ दीपकले न्यु इन्डियन एक्सप्रेसलाई भने, ‘हल्लाउन खोज्दा सर्प नहल्लिएपछि मैले यसलाई दुई पटक गहिरो ढंगले टोकेँ । ’

सर्पदंश भारतमा धेरै सामान्य छ । गत साता प्रकाशित एक अध्ययनले सन् २०१९ मा उक्त राज्यमा ८५ प्रतिशतभन्दा बढी सर्पदंशका घटना बढेको देखाएको छ । टोकाइपछि दीपकको ज्यान जाने डरले उनका अभिभावकले उनलाई नजिकैको मेडिकल सेन्टरमा पुर्‍याएका थिए जहाँ उनलाई निगरानीमा राखिएको थियो । कोब्राले टोके पनि विष लगाइदिन भ्याइनसकेको परीक्षणका क्रममा चिकित्सकले फेला पारेका थिए ।

’दीपकमा कुनै लक्षण देखा परेन र विषालु सर्पले प्रहार गर्दा सुक्खा टोकाइका कारण चाँडै निको भयो,’ सर्प विज्ञको भनाई उदृत गर्दै न्यु इन्डियन एक्सप्रेसलाई लेखेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?