एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

-डम्मर बुढा मगर

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताउनु भएको छ । मंगलबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक-पटक संसदलाई भत्क्याउनेलाई भोट दिन नहुने बताउनुभयो ।

सत्ता गठबन्धनका तर्फदेखि बागलुङ-१ का उम्मेदवारसमेत रहनु भएका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गनुभयो । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।

‘एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाई सके, पटक-पटक संसद भत्क्याउनेलाई अब जनताले सवक सिकाउने छन्,’ अध्यक्ष केसीले भन्नुभयो, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मंसिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरि ढल्ने छ, नेताली जनताले ओलीलाई चिनिसके ।’

उहाँले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्प्रधा हुने बताउनुभयो । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहज रुपमा चुनाव जित्ने केसीको दाबी छ ।

नेता केसीले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकास संग जोड्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । जनताहरु विकासको पर्खाइमा रहेको आफूले महशुस गरेको भन्दै राष्ट्रिय योजनालाई पुरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । आफू यस पटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?