मनकामना इन्जिनियरिङ आइपिओमा आवेदन दिने आज अन्तिम दिन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओमा आवेदन दिने  मंगलबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले मंगलबार  कार्यालय समयभित्र यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । कम्पनीले असार १९ गतेदेखि आइपिओ बिक्री खुला गरेको हो ।

यसले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आइपिओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

उक्त आइपिओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले यस कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यो आइपिओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङ्गको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?