बीच शहरबाट हराएको ४ बिघा १३ कट्ठाको पोखरी खोज्दै वीरगञ्ज महानगर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

-प्रणय साह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचना हटाउन थालेको छ।

महानगरले सम्बन्धित व्यक्तिहरूलाई पत्र नै काटेर माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न माग गरेको थियो। तर दिएको समयमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोली आइतबार सम्बन्धित व्यक्तिकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ।

टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउन नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको थियो।

महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरूलाई नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले आइतबार घरघरमै पुगेर सम्झाउने काम गरेको र सोमबारबाट संरचना भत्काउन सुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो। ‘पहिला पत्र पठायौँ, त्यसलाई अटेर गरेकाले स्थलगत रुपमै गएर टोलीले सम्झाउने काम गरेको छ,’ मेयर सिंहले भन्नुभयो।

महानगरपालिकाका मेयर सिंहले झण्डै ४ बिगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सीमित भएको भन्दै अब पोखरीको सबै जग्गा फिर्ता ल्याउन पहल थालिएको बताउनुभयो। पहिलो चरणमा माइरामबाट सुरु गरिएको र यसपछि नगर भरि नै अतिक्रमित भूमि फिर्ता ल्याउने अभियान सुरु हुने पनि उहाँले बताउनुमहानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो।

तर, अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ। पूर्व मेयर विजय सरावगीले स्थानीय व्यवसायीसँगको मिलेमतोमा १५ कट्ठामा मात्रै चिल्ड्रेन पार्क बनाएर अतिक्रमणलाई अधिकारिकता दिने काम गरेको यहाँका स्थानीयले आरोप लगाउने गरेका छन्। मेयरमा निर्वाचित भएसँगै सिंहले पोखरीको जग्गा फिर्ता गराउने प्रतिबद्धता गर्नुभएको थियो। सोही अनुरूप अहिले धमाधम पोखरीले चर्चेको जग्गाको नक्सा निकालेर त्यसमा अतिक्रमण गरेका संरचनाको निस्सा माग्ने काम भएको हो।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?