Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सुनको मूल्य १४०० रुपैयाँले बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सुनको मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । म‌ंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?