बर्दियामा बामदेव समूहको समर्थन एमालेका उम्मेदवारलाई

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी बामदेव गौतमले नेत्रृत्व गरेको नेकपा राष्ट्रिय एकता अभियानले बर्दियामा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

बर्दियाको गुलरियामा सम्पर्क कार्यालय स्थापना गर्दै नेकपा राष्ट्रिय एकता अभियानले मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बर्दियाका २ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने निर्णय गरेको नेकपा राष्ट्रिय एकता अभियानका जिल्ला इन्चार्ज तोफाकुमारी यादवले बताउनु भयो । सकारात्मक विचार राख्नेहरु विच भएको बैठकको निर्णय र छलपल पछि नेपालको सविधान २०७२ को मान्यता, मुल मर्म र समाजवाद तिर लम्केको राष्ट्र, राष्ट्रियताको सुद्धिकरण तथा सविधानलाई बलियो बनाई वृहत वामपन्थी एंव कम्युनिष्ट एकताको पुर्नजागरण सकारात्मक दृष्टिकोणको भावना राख्ने, प्रतिवद्धता जनाउने नजिकका बर्दियामा नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन आग्रह गरीएको जिल्ला इन्चार्ज तोफाकुमारी यादवले बताउनु भयो ।

आफनो मतको सदुपयोग गरी उम्मेदवारलाई जिताउन सवै कार्यकर्ताको महत्वपुर्ण भुमिका रहने नेकपा राष्ट्रिय एकता अभियान बर्दियाका जिल्ला अध्यक्ष देवराज क्षेत्रीले बताउनु भयो । स्मरण रहोस बामदेव गौतमका बैनि ज्वाई लक्ष्मणराज ज्ञवाली बर्दिया क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागी नेकपा एमालेबाट चुनावी मैदानमा रहनु भएको छ । यो त्यहि निर्वाचन क्षेत्र हो २०७४ सालमा भएको निर्वाचनमा बामदेव गौतम पराजित हुनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?