विश्वकपका लागि वेल्स र फ्रान्सको टोली घोषणा

Read Time = 5 mins

लण्डन । कतार विश्वकपका लागि वेल्स र फ्रान्सले आ-आफ्नो टोली घोषणा गरेका छन् । प्रशिक्षक रोबर्ट पेजले फरवार्ड ग्यारेथ बेलको कप्तानीमा वेल्सको टोली घोषणा गर्नुभएको हो । वेल्सले ६४ वर्षपछि विश्वकप खेल्न लागेको हो ।

टोलीमा ब्रेनन जोन्सन, मार्क हृयारिस र सोर्बा थोमसले पहिलो विश्वकप खेल्ने टोलीमा स्थान बनाउनुभएको छ । वेल्सले नोभेम्बर २१ मा अमेरिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । समूह ‘बी’ मा इरान र इंग्ल्याण्ड पनि रहेका छन् ।

वेल्सको घोषित टोलीको गोलकिपरमा वेन हेनेसी (नोटिङहम फरेस्ट), ड्यानी वार्ड (लेस्टर सिटी), एडम डेभिस (स्टोक सिटी), डिफेन्डरमा निको विलियम्स (नोटिङहम फरेस्ट), बेन डेभिस (टोटनहम), बेन काबांगो (स्वान्सी), जो रोडन (रेनेस), क्रिस मेफाम (बर्नमाउथ), इथान एम्पाडु (स्पेजिया), क्रिस गुन्टर (एएफसी विम्बल्डन), कोनर रोबर्ट्स (बर्नले) र टम लक्कियर (लुटन टाउन) रहनुभएको छ ।

यस्तै, मिडफिल्डरमा आरोन राम्से (नाइस), जो एलेन (स्वान्सी), हृयारी विल्सन (फुलहम), जो मोरेल (पोर्ट्समाउथ), डिलन लेभिट (डुन्डे युनाइटेड), रुबिन कोलविल (कार्डिफ), जोनी विलियम्स (स्विन्डन टाउन), म्याथ्यु स्मिथ (मिल्टन केन्स डन्स), सोर्बा थोमस (हडर्सफिल्ड टाउन), फरवार्ड ग्यारेथ बेल (लस एन्जलस एफसी), डेन जेम्स (फुलहम), किफर मुर (बर्नमाउथ), मार्क हृयारिस (कार्डिफ), ब्रेनन जोन्सन (नोटिङहम फरेस्ट) रहनुभएको छ ।

यस्तै, फ्रान्सले पनि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारानले रुँदै मैदान छाड्नुभएको थियो । उहाँले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर, प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले उहाँलाई अन्तिम टोलीमा समावेश गर्नुभएको छ । प्रशिक्षक डेस्च्याम्प्सले २६ खेलाडी बोलाउन पाउने भए पनि आफ्नो टोलीमा २५ खेलाडीको नाममात्र सार्वजनिक गर्नुभएको छ ।

मिडफिल्डरद्वय पप्ल पोग्बा र एनगोलो कान्टे चोटका कारण टोलीमा हुनुहुन्न । फरवार्ड एन्थोनी मार्सियल पनि अन्तिम टोलीमा अटाउन सक्नुभएन । डिफेन्डर विलियम सालिबा र इब्राहिमा कोनाटे भने अन्तिम टोलीमा अट्नुभएको छ ।

फ्रान्सको अन्तिम टोलीमा गोलरक्षक : हृयुगो लोरिस, अल्फोन्स आरिओला र स्टिभ मान्डान्डा, डिफेन्डरमा लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो र राफाएल भारान हुनुहुन्छ ।

यस्तै, मिडफिल्डरमा एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी र जोर्डन भेरेटु, फरवार्डमा करिम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु रहनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?