लण्डन । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गर्नुभएको हो । रोनाल्डो देशका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत हुनुहुन्छ । उहाँले पोर्चुगलका लागि ११७ अन्तर्राष्ट्रिय गोल गरिसक्नुभएको छ ।
रोनाल्डोका क्लबका सहयात्री ब्रुनो फर्नान्डेस र डियोगो डालोट, म्यानचेस्टर सिटीका जोआओ क्यान्सेलो, रुबेन डायस र बर्नार्डो सिल्भा, फुलहमका जोआओ पाल्हिन्हा र वल्भ्सका जोसे सा, रुबेन नेभेस र म्याथ्युस नुनेसले अन्तिम टोलीमा स्थान बनाउनुभएको छ ।
अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सक्नुभएन । घाइते फरवार्ड डिएगो जोटा टोलीमा हुनुहुन्न भने डिफेन्डर पेपेले अन्तिम टोलीमा स्थान बनाउनुभएको छ ।
पोर्चुगलको टोलीमा गोलकिपर डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा, डिफेन्डरमा जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा, मिडफिल्डरमा विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा तथा फरवार्डमा जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा हुनुहुन्छ ।
समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्नेछ । २८ नोभेम्बरमा उरुग्वे र २ डिसेम्बरमा दक्षिण कोरियासँग खेल्नेछ । यस्तै, पोल्याण्डले पनि विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । बार्सिलोनाका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई समेट्दै पोल्यान्डले आफ्नो अन्तिम टोली घोषणा गरेको हो ।
इंग्लिस क्लब एस्टन भिल्लाका डिफेन्डर जान बेड्नारेक र म्याटी क्यास तथा मिडफिल्डर क्रिस्टियन बिलिकले पनि पोल्यान्डको टोलीमा स्थान बनाउनुभएको छ । इटालियन क्लब नेपोलीका पिओटर जिलेन्स्की र युभेन्टसका फरवार्ड अर्काडिअस मिलिक पनि टोलीमा समेट्निुभएको छ । जेसला मिचनिविचको प्रशिक्षणमा रहने पोल्यान्डले नोभेम्बर २२ मा मेक्सिको, २६ नोभेम्बरमा साउदी अरेबिया र ३० नोभेम्बरमा अर्जेन्टिनासँग समूह ‘सी’ मा खेल्नेछ ।
पोल्याण्डको विश्वकप टोलीमा गोलकिपर वोजसिएच स्जेस्नी, बार्टलोमिज ड्रागोस्की र लुकाज स्कोरुप्स्की र डिफेन्डरमा जान बेड्नारेक, कामिल जिल्क, रोबर्ट गुम्नी, अर्थर जेड्रजेजिक, जाकुब किविओर, माटेअस विटेस्का, बार्टोज बेरेस्जिन्स्की, म्याटी क्यास र निकोला जालेव्स्की र मिडफिल्डरमा क्रिस्टियन बिलिक, प्रजेमिस्लाव फ्रान्कोव्स्की, कामिल ग्रोसिकी, जेगोर्ज क्राइचोविक, जाकुब कामिन्स्की, माइकल स्कोरास, डामिएन सिमान्स्की, सेबास्टियन सिमान्स्की, पिओटर जिलेन्स्की, सिमोन जुर्कोस्की र फरवार्डमा रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक, क्रिजस्तोफ पियाटिक र कारोल स्विडर्सकी रहनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच