खोटाङबाट पासाङलाई जिताएर पठाउनूस्, मन्त्री बनाइने सम्भावना छ : प्रचण्ड

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर घुम्दा सत्ता गठबन्धनको पक्षमा जनलहर देखिएको बताउनुभएको छ ।

बुधबार दिक्तेलस्थित स्थानीय हेलिप्याडमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको पक्षमा जनलहर देखिएकाले विजयी निश्चित रहेको बताउनुभयो ।

हतारमा देखिनु भएका प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य नभएर एक खालको जनमत संग्रह जस्तो हुने बताउनुभयो । 'संविधानको रक्षा गर्ने, लोकतन्त्रको रक्षा गर्ने, संघीयताको रक्षा गर्ने, समावेशिताको रक्षा गर्नेको मत एकातिर र अर्कोतिर संविधान च्यात्न चाहाने, उल्ट्याउन चाहाने, राजतन्त्रतिर फर्काउन चाहाने अर्को गठबन्धन छ । त्यसकारण दुई वटा गठबन्धनको बिचमा जनमत संग्रहको रुपमा निर्वाचन हुँदैछ ।' प्रचण्डले भन्नुभयो ।

गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनु पर्ने तथा राजनीति स्थायित्व र विकासको नयाँ युगतिर नेपाललाई लानुपर्ने प्रचण्डले बताउनुभयो । खोटाङको विकास, संमृद्धीको निम्ति र नेतृत्वका निम्ति पार्टी तथा सरकारको तर्फबाट पूरै सहयोग हुने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

खोटाङको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामकुमार राई पासाङलाई जिताएर पठाएमा मन्त्री बनाउने संम्भावना रहेको प्रचण्डले आश्वासन दिनुभएको छ ।' प्रदेश ‘क’ का बीरबलकाजी राई र प्रदेश ‘ख’का भुपेन्द्र राईलाई पनि विजयी गराउनुस् शेरबहादुर देउवा र माधवकुमार नेपालसँग कुरा गरेर उहाँहरुलाई पनि महत्वपूर्ण जिम्मेवारी दिलाउने प्रयास गर्नेछु ।' प्रचण्डले भन्नुभयो ।

चुनावी सभालाई प्रचण्डसँगै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले पनि सम्बोधन गर्नुभएको थियो । प्रचण्ड र महत हेलिकोप्टरमाफर्त खोटाङ आउनुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?