प्रिजेनको उपचारमा एन्फाको सहयोग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रिजेन तामाङको उपचारका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । एन्फाको बैठकले प्रिजेनको उपचारमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रिजेन ब्लड क्यान्सरको उपचार गराइरहनुभएको छ । उहाँको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ । खेलाडी संघले एन्फालाई प्रिजेनको उपचारमा सहयोग गर्न आग्रह गर्दै निवेदन दिएको थियो ।

एन्फा एकेडेमीका उत्पादन प्रिजेन तीन वर्षअघि स्वदेशमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) र यू-१८ साफ च्याम्पियनसिपको च्याम्पियन टोलीका सदस्य हुनुहुन्छ ।

उहाँले त्रिभुवन आर्मी फुटबल क्लबबाट ललित स्मृति यू-१८ च्याम्पियनसिप जित्नुभएको छ । फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेल्नुभएका प्रिजेनले नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबाट खेल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?