लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन महत्वपूर्ण : नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

मतदानपछि अध्यक्ष नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताउनुभयो । मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैंलाई शासन गर्ने व्यक्ति जनता आफैंले रोज्नुपर्ने भएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने बताउनुभयो ।

सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको भन्दै भन्नुभयो, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरूको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरूले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’

सत्ताको आडमा निरंकुश लादेर कहिले पनि जनताको सामना गर्न नपर्ने दिनहरू अब फर्केर नआउने उहाँको भनाइ छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?